काठमाडौं - औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ।
कोरोनाको नियमित ब्रिफिङका क्रममा विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको बताए।
उनले भने, कोरोनाको लागि निश्चित औषधि नभएपनि उपचारमा आवश्यक पर्ने सहयोगी औषधिको अभाव छैन। यी औषधिहरु पर्याप्त मात्रामा छन्।
सबै अस्पतालमा ती औषधिहरु रहेको महानिर्देशक ढकालले बताए। उपचारमा प्रयोग हुने औषधिको गुणस्तरमा पनि ढुक्क हुन उनले सबैलाई आग्रह गरेका छन्।
महानिर्देशक ढकालले रेमडिसिभिर औषधि क्लिनिकल ट्रायलपछि मात्र कोरोनाको उपचारमा प्रयोग हुने समेत स्पष्ट पारे।