काठमाडौं- नेपाल नर्सिङ संघले ट्रमा सेन्टरमा जीता बरालले गरेको अभ्रद व्यवहारबारे छानबिन गरी प्रतिवेदन बुझाउन ३ सदस्यीय समिति गठन गरेको छ।
संघले जानकी धामीको संयोजकत्वमा दिलकुमारी थापा र राजकुमारी ज्ञवाली सदस्य रहेको समिति गठन गरेको हो। उक्त समितिले ३ दिनभित्र सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउने छ।
संघले जानकी धामीको संयोजकत्वमा दिलकुमारी थापा र राजकुमारी ज्ञवाली सदस्य रहेको समिति गठन गरेको हो। नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले उक्त समितिले ३ दिनभित्र सत्यतथ्य अध्ययन गरी संघलाई कारवाहीक लागि सिफारिस गर्ने बताइन।
ट्रमा सेन्टरले बराललाई कारवाही गर्न संघमा पत्र पठाएको अध्यक्ष राइले जानकारी दिइन्।
संघकी आजीवन सदस्य समेत रहेकी बरालले ट्रमा सेन्टरमा ड्युटीमा खटिएका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई जथाभावि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि संघले समिति गठन गरेको हो।
असोज २ गते डा गोविन्द केसीलाई जुुम्लाबाट ल्याई ट्रमा सेन्टर पु¥याएपछि बराल पनि ट्रमा सेन्टर पुगेको र त्यहाँ छाति दुख्यो भनी रेडजोडमा गई सुतेकी थिइन्।
ट्रमा सेन्टरका निमित्त कार्यकारी प्रमुख सुपरीटेन्डेण्ट डा सन्तोष पौडेलले बरालले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई गाली गर्दै थुक्ने जस्ता व्यवहार गरेको जानकारी दिए।