काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक नभएका व्यक्तिहरुको, तोकिएको भन्दा बढी शूल्क लिएर पिसिआर परीक्षण गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सबै ५५ प्रयोगशालालाई सरकारले तोकेको भनदा बढी शुल्क लिई आवश्यक नभएक व्यक्तिको परिक्षण गरेमा हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्धारा विज्ञप्तिमा ‘नेशनल टेष्टिङ गाइडलाइन अनुसार विपरीत अनाश्वयक परिक्षण गर्ने, तोकिएको बाहेकका व्यक्तिको परिक्षण गर्न अभिप्रेरित गर्ने तथा तोकिएको भन्दा बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारवाही गरिने’ उल्लेख छ। उनले मन्त्रालयले आज स्वास्थ्य सचिवस्तरीय निर्णय अनुसार सूचना जारी भएको जनाएका छन्।
मन्त्रालयले निजी प्रयोगशालाको परीक्षण नतीजाको विश्वासनीयता माथि प्रश्न चिन्ह आएको, उपचार गरिने भन्दै प्रचारप्रसार गर्ने काम गरेको जनगुनासो आएको समेत जनाएको छ।
स्वास्थ्य मन्त्रालयले देशभरका ४० वटा सरकारी प्रयोगशालामा नेशनल टेष्टिङ गाइडलाइन अनुसार परिक्षण भनेको व्यक्तिको परीक्षण निशुल्क हुने व्यवस्था गरेको पनि स्पष्ट पारेको छ।