काठमाडौं - लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालको कोरोना विशेष अस्पतालको आइसियुमा भेन्टिलेटरमा उपचाररत ७२ वर्षीय पुरुपषको उपचारका क्रममा मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका-१० का ती पुरुषलाई ज्वरो, खोकी तथा स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो।
उनको उपचारका क्रममा दिउसो ३:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
