काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड २४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड २४ लाख ७२ हजार ७ सय ६६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७० लाख ३३ हजार २ सय ६८ पुगेको छ। त्यस्तै भारतमा ५८ लाख १८ सय ५ सय ७०, ब्राजिलमा ४६ लाख ८९ हजार ६ सय १३ र रुसमा ११ लाख ३१ हजार ८८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ८७ हजार ६ सय ७९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३ हजार ७ सय ४, ब्राजिलमा १ लाख ४० हजार ५ सय ३७ , मेक्सीकोमा ७५ हजार ८ सय ४४, बेलायतमा ४२ हजार २५, इटालीमा ३५ हजार ८ सय १ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड २३ लाख ७५ हजार ६ सय ३३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४१ लाख २८ हजार ४ सय ९०, अमेरिकामा २७ लाख २७ हजार ३ सय ३५, रुसमा ९ लाख ३० हजार ९ सय ५५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७० हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ५९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५८ लाख १८ सय ५ सय ७० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९२ हजार २ सय ९० पुगेको छ। भारतमा हालसम्म ४७ लाख ५६ हजार १ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९ हजार १५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९४ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५६ हजार ७ सय ६७ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ६७ हजार २४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार १ सय ८६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ६ सय १९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार १४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ६ सय ७३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ४५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १ सय ५८ रहेको छ।
भुटानमा संक्रमितको संख्या २६३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९८ छ।