सप्तरी– धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा संलग्न थिए।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो।
धरानमा भर्ना भएका ती पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ। रासस