काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड २७ लाख ४६ हजार १ सय ३४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७० लाख ७७ हजार ४ सय ५० पुगेको छ। त्यस्तै भारतमा ५९ लाख ३ सय ९ सय ३२, ब्राजिलमा ४७ लाख १७ हजार ९ सय ९१ र रुसमा ११ लाख ३८ हजार ५ सय ९ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ९२ हजार ९ सय ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४ हजार ४ सय ८६, ब्राजिलमा १ लाख ४१ हजार ४ सय ६ , मेक्सीकोमा ७६ हजार २ सय ४३, बेलायतमा ४२ हजार ६०, इटालीमा ३५ हजार ८ सय १८ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड २६ लाख १४ हजार ४८ जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४१ लाख ५३ हजार ३ सय ७, अमेरिकामा २७ लाख ५० हजार ४ सय ५९, रुसमा ९ लाख ३६ हजार ८ सय ८१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७१ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ६७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९३ हजार ३ सय ७९ पुगेको छ। भारतमा हालसम्म ४८ लाख ४९ हजार ५ सय ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९ हजार ५ सय ८१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ३ सय ३३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५७ हजार ८ सय ७३ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार १ सय २९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ६८ हजार ७ सय ७७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार १ सय ९२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ६ सय ३५ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ४५ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ७ सय ५४ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ४९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १ सय ८६ रहेको छ।
भुटानमा संक्रमितको संख्या २६३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९९ छ।