समाचार

देशभर १०६९८ जना होम आइसोलेसनमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

आइतबार १९ हजार १९ जना संक्रिय संक्रमित मध्ये १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ९५ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १ हजार ४ सय ८२, प्रदेश २ मा ६ सय ७४, प्रदेश ५मा १ हजार ६ सय ९४, सुदूरपश्चिम प्रदेशमा १५५, गण्डकी प्रदेशमा ३७३ र कर्णाली प्रदेशमा २२५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने