काठमाडौं- ३३ नागरिक अगुवाहरुले डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्किँदै गएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन्। जुनसुकै समयमा पनि परिस्थिति गम्भीर बन्न सक्ने भन्दै उनीहरूले सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले यसअघि केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। डाक्टर केसीको खस्कँदाे स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न विज्ञप्तिमा भनिएको छ।
‘१४ दिनअघि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनसन सुरु भएको अनसनकन कारण डा. केसीको स्वास्थ्य अवस्था त्यहीँ कमजोर बनेकाे छ’ विज्ञप्तिमा भनिएकाे छ‚ ‘असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा हामी चिन्तित बनेका छौ।’
पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढंगाना, डा. केदारनरसिंह केसीलगायत ३३ जनाले अपील जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्।
अपीलकर्ताहरुः
कल्याण श्रेष्ठ, पूर्व प्रधान न्यायाधीश
सुशीला कार्की, पूर्व प्रधान न्यायाधीश
दमननाथ ढुगांना, पूर्व सभामुख एवं मानवअधिकारवादी
प्रा.डा. केदारभक्त माथेमा, पूर्व उपकुलपति त्रि.वि.
प्रा.डा. कपिल श्रेष्ठ, पूर्व सदस्य, मानवअधिकार आयोग एवं मानवअधिकारवादी
डा. केदारनरसिंह केसी, अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
चरण प्रसाईं, मानव अधिकारवादी
हरिहर दाहाल, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
शम्भु थापा, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
प्रेमबहादुर खड्का, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
शेरबहादुर केसी, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
डा. विपीन अधिकारी, संविधानविद
डा. दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ता एवं मानवअधिकारकर्मी
डा. भीमार्जुन आचार्य, संविधानविद्
हरिहर विरही, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
तारानाथ दाहाल, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
डा. सुधा शर्मा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. चोपलाल भुसाल, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. अञ्जनीकुमार झा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
ई. हरेराम श्रेष्ठ, पूर्व अध्यक्ष ईन्जिनियर एसोसिएसन
मोहन ज्ञवाली, पूर्व अध्यक्ष, नेपाल शिक्षक संघ
राजन कुईंकेल, पूर्व अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल नेपाल
इन्द्र अर्याल, पूर्व अध्यक्ष, मानवअधिकार संगठन
महामुनिश्वर आचार्य, अध्यक्ष, मानवअधिकार संगठन
ओमप्रकाश अर्याल, अधिवक्ता एवं मानवअधिकारकर्मी
लिली थापा, मानवअधिकारकर्मी
बद्रीप्रसाद भुषाल, अधिवक्ता
सुमन अधिकारी, मानवअधिकारकर्मी
राजुप्रसाद चापागाँई, अधिवक्ता एवं मानवअधिकारकर्मी
रामेश्वर नेपाल, मानवअधिकारवादी
मिलनचन्द्र खनाल, केन्द्रीय सदस्य प्रजातान्त्रिक विचार समाज