काठमाडौं– व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण देखिएको छ। आइतबार गरिएको स्वास्थ्य जाँचका क्रममा आज बिहान रिपोर्ट पोजेटिभ आएको उनले जनाएका छन्।
आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्।
ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्।