काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड २९ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड २९ लाख ९२ हजार २ सय २३ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७१ लाख १३ हजार ६ सय ६६ पुगेको छ। त्यस्तै भारतमा ५९ लाख ९२ सय ५ सय ३२, ब्राजिलमा ४७ लाख १७ हजार ९ सय ९१ र रुसमा ११ लाख ४६ हजार २ सय ७३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ९६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ९६ हजार ३ सय ९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४ हजार ७ सय ५०, ब्राजिलमा १ लाख ४१ हजार ४ सय ६ , मेक्सीकोमा ७६ हजार ४ सय ३०, बेलायतमा ४२ हजार ७७, इटालीमा ३५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड २८ लाख ३० हजार ३ सय ३१ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४१ लाख ५३ हजार ३ सय ७, अमेरिकामा २७ लाख ६६ हजार २ सय ८०, रुसमा ९ लाख ३९ हजार ९ सय २१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ७७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५९ लाख ९२ हजार ५ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३ पुगेको छ। भारतमा हालसम्म ४९ लाख ४१ हजार ६ सय २७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १० हजार २ सय ७५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ५७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ६ सय १३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार १ सय ४८ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार १ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७० हजार ४ सय ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय २७ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ६ सय ४२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ९८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ८ सय ४७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ६० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ८ रहेको छ।
भुटानमा संक्रमितको संख्या २७१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २०५ छ।