काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीलाई गायक अमृत गुरुङले भेटेका छन्।
त्रिवि शिक्षण अस्पतालमा पुगेर गायक गुरुङले मंगलबार डा केसीलाई भेटेका हुन्।
डा केसीसँगको भेटमा गुरुङले डा केसीको स्वास्थ्यका विषयमा जानकारी लिएका थिए।
डा केसीलाई भेटेर फर्किएपछि गायक गुरुङले सामाजिक सञ्जाल मार्फत सरकारलाई प्रश्न गरेका छन्।
गुरुङले डा केसीका के माग देश र जनता विरोधी छन्? भन्दै सरकारलाई प्रश्न गरेका हुन्।
'सरकार हजुर, डा. केसीका के माग देश र जनता बिरोधी छन्? कि स्पष्ट पारिदिनु पर्यो, नत्र मानीदिनु पर्यो,' गुरुङले लेखेका छन्।
गुरुङले डा केसीको मागमा ऐक्यबद्धता जनाउँदै आइएमविथडाकेसी पनि लेखेका छन्।
डा केसी ६ बुँदे माग राख्दै अनसनमा छन्। डा केसीको अनसनको आज १७ दिन पुगेको छ।