काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ३५ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मकाे तथ्यांक अनुसार विश्वभर ३ करोड ३५ लाख १६ हजार ९ सय ४६ जना संक्रमित भएका छन्।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७१ लाख ८८ हजार ५ सय ४३ पुगेको छ। त्यस्तै भारतमा ६१ लाख ४५ सय २ सय ९१, ब्राजिलमा ४७ लाख ४५ हजार ४ सय ६४ र रुसमा ११ लाख ६२ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएकाे छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ५ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार १० लाख ५ सय ३ सय ९४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ५ हजार ९ सय ६६, ब्राजिलमा १ लाख ४२ हजार ५८, मेक्सीकोमा ७७ हजार १ सय ६३, बेलायतमा ४२ हजार १ सय ६१, इटालीमा ३५ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ३२ लाख ७३ हजार ३ सय ६९ जना संक्रमणमुक्त भएका छन्। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४२ लाख २७ हजार २ सय ४९, अमेरिकामा २८ लाख ९ हजार ६ सय ७४, रुसमा ९ लाख ४८ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ९१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६१ लाख ४५ हजार २ सय ९१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९६ हजार ३ सय १८ पुगेको छ। भारतमा हालसम्म ५१ लाख १ हजार ३ सय ९७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ११ हजार ५ सय १६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९६ हजार ८ सय ८१ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार ४३ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार २ सय १९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७३ हजार ६ सय ९८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ५४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ७ सय ४६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार १ सय ९४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ३७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ७४ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ३० रहेको छ। भुटानमा संक्रमितको संख्या २८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या २१० छ।