काठमाडौं– पछिल्लो २४ घण्टामा थप एक हजार ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ५६ हजार ४ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख २१ हजार ५ सय ३जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ हजार ४ सय २८ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ जना रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –५०९४
प्रदेश २– १३७३९
बाग्मती प्रदेशमा –१५७०५
गण्डकी प्रदेशमा –३३४८
प्रदेश ५मा –८७५९
कर्णाली प्रदेशमा –२९१५
सुदूरपश्चिम प्रदेशमा ६८६८