काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ३८ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ३८ लाख ७३ हजार ३ सय ५५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७२ लाख २९ हजार ६ सय ९३ पुगेको छ। त्यस्तै भारतमा ६२ लाख २५ सय ७ सय ६३, ब्राजिलमा ४८ लाख १० हजार ९ सय ३५ र रुसमा ११ लाख ७० हजार ७ सय ९९ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख १२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख १२ सय ८ सय ४१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६ हजार ८ सय ८८, ब्राजिलमा १ लाख ४३ हजार ९ सय ५२, मेक्सीकोमा ७७ हजार ६ सय ४६, बेलायतमा ४२ हजार २ सय ३३, इटालीमा ३५ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ३५ लाख ४० हजार २ सय ७० जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४२ लाख ६६ हजार ५ सय २५, अमेरिकामा २८ लाख ४० हजार ६ सय ८८, रुसमा ९ लाख ५४ हजार ७ सय ८८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७७ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५६ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ९८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६२ लाख २५ हजार ७ सय ६३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९७ हजार ४ सय ९७ पुगेको छ। भारतमा हालसम्म ५१ लाख ८७ हजार ८ सय २५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १२ हजार २ सय ६३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९६ हजार ८ सय ८१ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६३ हजार ४ सय ७९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार २ सय ५१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७५ हजार ४ सय ८७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ६८ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ७ सय ८९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार २ सय ९१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार १ सय ८ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ८० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ३० रहेको छ।
भुटानमा संक्रमितको संख्या २८१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २१९ छ।