काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ४२ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ४२ लाख ६ सय २२ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७२ लाख ७७ हजार ३ सय ५२ पुगेको छ। त्यस्तै भारतमा ६३ लाख १२ हजार ५ सय ८४, ब्राजिलमा ४८ लाख १० हजार ९ सय ३५ र रुसमा ११ लाख ७९ हजार ६ सय ३४ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख २० हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख २० सय ९ सय ३२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ७ हजार ७ सय ९१, ब्राजिलमा १ लाख ४३ हजार ९ सय ५२, मेक्सीकोमा ७८ हजार ७८, बेलायतमा ४२ हजार २ सय ९२, इटालीमा ३५ हजार ९ सय १८ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ३७ लाख ४३ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४२ लाख ७४ हजार ७ सय ७४, अमेरिकामा २८ लाख ६० हजार ६ सय ५०, रुसमा ९ लाख ६० हजार ७ सय २९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७९ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६३ लाख १२ हजार ५ सय ८४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ७८ पुगेको छ। भारतमा हालसम्म ५२ लाख ७३ हजार २ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १२ हजार ८ सय ६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९७ हजार ४ सय ९७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६४ हजार ९ सय ८७ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार २ सय ७२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७७ हजार ७८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ८५ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ४२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ३ सय ५४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार १ सय ८७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ८२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ३३ रहेको छ।
भुटानमा संक्रमितको संख्या २८२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २२२ छ।