काठमाडौं– निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले वैज्ञानिक विधि र मापदण्डको आधारमा पिसिआर परीक्षणको शुल्क निर्धारण गर्न माग गरेको छ।
अफिनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी छलफल गरी वैज्ञानिक र मापदण्डको आधारमा मात्र पिसिआरको शुल्क निर्धारण गर्न माग गरेको हो। शुल्कको विवाद समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रयोगशाला सञ्चालकबीच वार्ता हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
पिसिआर परीक्षणको शुल्क सरकारले दुई हजार रुपैयाँ तोके पनि निजी प्रयोगशालाहरुले तोकिएको शुल्कमा परीक्षण गर्न नसक्ने बताउँदै आएका छन्। सरकारले शुल्कको विवाद नटुंग्याए शनिबारदेखि प्रयोगशाला बन्द गर्ने उनीहरुले बताएका छन्।