काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ४४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ४४ लाख ९५ हजार ३ सय ७२ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७३ लाख ३१ हजार २ सय ४१ पुगेको छ। त्यस्तै भारतमा ६३ लाख ९४ हजार ६८, ब्राजिलमा ४८ लाख ४७ हजार ९२ र रुसमा ११ लाख ८८ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख २६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख २६ सय ६ सय ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ८ हजार ६ सय ९१, ब्राजिलमा १ लाख ४४ हजार ६ सय ८०, मेक्सीकोमा ७८ हजार ४ सय ९२, बेलायतमा ४२ हजार ३ सय ५८, इटालीमा ३५ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ३९ लाख ५० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४२ लाख ९९ हजार ६ सय ५९, अमेरिकामा २८ लाख ७३ हजार ३ सय ६९, रुसमा ९ लाख ६६ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ८२ हजार ४ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् भने ५ सय २० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६३ लाख ९४ हजार ६८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९९ हजार ७ सय ७३ पुगेको छ। भारतमा हालसम्म ५३ लाख ५२ हजार ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १३ हजार ४ सय ३१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ५५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ३ सय ८३ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७८ हजार ६ सय २७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ९० पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ४२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ३ सय ९८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार २ सय १३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ८८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ४५ रहेको छ।
भुटानमा संक्रमितको संख्या २८२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २२५ छ।