एजेन्सी– भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। २४ घण्टामा १ हजार ६९ जनाको मृत्युसँगै मृतकको संख्या १ लाख ८ सय ४२ पुगेको हो।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ४५पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या ९ लाख ४४ हजार ९ सय ९६ छ।
हालसम्म ५४ लाख २७ हजार ७ सय ७ जना निको भइसकेका छन्।