काठमाडौं- प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टी भएको छ। उनले ट्वीटरमार्फत् शुक्रबार गरिएको स्वाब परीक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका हुन्।
‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो‚’ ट्वीटमा उनले भनेका छन्‚ ‘यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’
त्यसैगरी प्रधानमन्त्रीका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्या सिंह साहमा पनि संक्रमण देखिएको थियो।