काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार र सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई संक्रमण भएको थियो।