काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ४७ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ४७ लाख ९१ हजार ८ सय ५५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७३ लाख ७९ हजार ६ सय १४ पुगेको छ। त्यस्तै भारतमा ६४ लाख ७३ हजार ५ सय ४४, ब्राजिलमा ४८ लाख ८० हजार ५ सय २३ र रुसमा ११ लाख ९८ हजार ६ सय ६३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ३१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख ३१ सय ५ सय २८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ९ हजार ३ सय ३५, ब्राजिलमा १ लाख ४५ हजार ३ सय ८८, मेक्सीकोमा ७८ हजार ८ सय ८०, बेलायतमा ४२ हजार ४ सय ७, इटालीमा ३५ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ४१ लाख ६६ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख २४ हजार ६ सय ७६, अमेरिकामा २८ लाख ९७ हजार ३ सय २२, रुसमा ९ लाख ७२ हजार २ सय ४९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ८४ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६२ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ५ सय २८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६४ लाख ७३ हजार ४ सय ४४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ८ सय ४२ पुगेको छ। भारतमा हालसम्म ५४ लाख २७ हजार ७ सय ६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १३ हजार ९ सय ८४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ५ सय ९३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ५ सय ६५ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ३ सय २५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ८० हजार ६९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ९७ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ४२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ४ सय ६५ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ३ सय १० पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ९५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ५४ रहेको छ।
भुटानमा संक्रमितको संख्या २८३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २२९ छ।