काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् भन्दै प्रश्न गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?
थापाले प्रधानमन्त्री ओली आफैंले हिजो गरेको बाचा पूरा नगर्दा अहिलेका माग उठेको सम्झाएका छन्।
थापाको प्रश्न छ- डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?
'पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ', थापाको भनाइ छ, प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल-माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो।'