काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ६८ हजार ६ सय ६८ संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार ११ हजार १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा २५ हजार ७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६१३०
प्रदेश २– १४८५१
बाग्मती प्रदेशमा –२३१०६
गण्डकी प्रदेशमा –३९२५
प्रदेश ५मा –१००३२
कर्णाली प्रदेशमा –३३१७
सुदूरपश्चिम प्रदेशमा ७२९७