काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ७० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३७ जना भेन्टिलेटरमा र २३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२७ जना आइसियु र २५ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा २७ जना आइसियु र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा १ जना आइसियु गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ आइसियुमा उपचाररत रहेका छन् ।