काठमाडौं–विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६० लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ६० लाख ६८ हजार ९ सय ९१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७५ लाख ४६ हजार ७ सय ६ पुगेको छ। त्यस्तै भारतमा ६७ लाख ५७ हजार १ सय ३१, ब्राजिलमा ५० लाख ६ सय ९४ र रुसमा १२ लाख ४२ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख ५४ सय ५ सय ३७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ११ हजार ७ सय २५, ब्राजिलमा १ लाख ४८ हजार २ सय २८, मेक्सीकोमा ८२ हजार ७ सय २६, बेलायतमा ४२ हजार ६ सय ५, इटालीमा ३६ हजार ६१ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ५१ लाख २७ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन्।
बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४४ लाख ४६ हजार ९ सय ८१, अमेरिकामा २९ लाख ९९ हजार ८ सय ९५, रुसमा ९ लाख ९१ हजार २ सय २७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ९४ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ७८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६७ लाख ५७ हजार १ सय ३१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ४ हजार ५ सय ५५ पुगेको छ। भारतमा हालसम्म ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७३ हजार १ सय ५१ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ४ सय ४० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ८६ हजार ६ सय ३१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ५ सय ४८ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ४५ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ६ सय ५६ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ५ सय ४७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ४ हजार ४ सय ५९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ७४ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३०० पुगेको छ। उपचारपछि निको हुनेको संख्या २५० छ।