काठमाडौं- देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहिबार २६ हजार ६ सय ८४ जना संक्रिय संक्रमित मध्य १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार ८ सय २८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ८ सय २७, प्रदेश २ मा ४ सय ७५, प्रदेश ५ मा १ हजार ४ सय ४७, सुदूरपश्चिम प्रदेशमा ४ सय ७६, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा ३४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।