काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
शुक्रबार २७ हजार ५३ जना सक्रिय संक्रमितमध्ये १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १० हजार ५ सय १२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार २४, प्रदेश २ मा ५ सय ३, प्रदेश ५ मा १ हजार ४ सय १३, सुदूरपश्चिम प्रदेशमा ४ सय ९६, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा ३६४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।