काठमाडौं– सरकारसँगको वार्ता विथोलिएपछि डा गोविन्द केसीको समर्थनमा आज देशभर प्रदर्शन हुने भएको छ।
डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्य डा जीवन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै केसीका माग पूरागर्न दबाब दिन देशभर प्रदर्शनका लाग कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गरेका छन्।
सोहीअनुसार आज माइतीघर मण्डलामा ‘सोलिडारिटी फर केसी अलायन्स’ ले प्रदर्शन गर्दैछ। अलायन्सले केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन भौतिक दुरी कायम गर्दै र मास्क लगाएर उपस्थित हुन आग्रह गरेको छ।