काठमाडौं– डा गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरोकारवालाले अपिल गरेका छन्।
शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुले कुनै पनि समय दुर्घटना निम्तने सक्ने भन्दै गम्भीरता पूर्वक लिन प्रधानमन्त्री ओलीलाई अपिल गरेका छन्। उनीहरुले गम्भीर हुन वार्ता समूहलाई आग्रह समेत गरेका छन्।
हाल भइरहेको वार्तालाई जिम्मेवारी, प्रभावकारी र ठोस निर्णयमा पुर्याउन वार्ता समूहलाई उनीहरुको अपिल छ।
अपिल गर्नेमा पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधान, पूर्व राजदूतहरु डा महेश मास्के र चोपलाल भुसाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा अर्जुन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला लगायत छन्।