काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३० हजार ८ सय १८जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६४४८
प्रदेश २– १४९८१
बाग्मती प्रदेशमा –२७३७२
गण्डकी प्रदेशमा –४१०१
प्रदेश ५मा –१०५६४
कर्णाली प्रदेशमा –३३५१
सुदूरपश्चिम प्रदेशमा ७४३५