काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र ३२१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५१ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशमा ६, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिममा १ जना आइसियुमा उपचाररत रहेका छन्।