अछाम- अछाम जिल्लाको रामारोशन गाँउपालिका पुरस्कृत भएको छ। जिल्लामा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेर प्रथम स्थान हासिल गरेको भन्दै प्रदेश सरकारले पुरस्कृत गरेको हो।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षाका अवसरमा शनिबार धनगढीमा गाँउपालिकालाई नगद रु ४० हजार सहित सम्मान पत्रले पुरुस्कृत गरिएको हो।
अछाम जिल्लामा सेवा प्रवाह र लगानीमा उत्कृष्ट रहेको भन्दै गाँउपालिकालाई सम्मान सहित पुरस्कृत गरिएको प्रदेशले जनाएको छ।
पुरुस्कार ग्रहण गर्दै रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले विगतदेखि हालसम्म अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा प्रथम स्थान कायमै राख्न अवरात्र खटिएका सबैलाई धन्यवाद दिएकी छन्।
कोरोना महामारीको लडाइँमा पनि अग्रमोर्चा रहेर काम गरेको भन्दै स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई धन्यवाद दिदैँ उनले प्रदेश सरकारप्रति समेत आभार प्रकट गरेकी छन्।