काठमाडौं– कालिकोटमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कालिकोट निवासी ६५ वर्षीया महिलाको प्रदेश अस्पताल सुर्खेतमा आइतबार बिहान १० बजे मृत्यु भएको हो।
कर्णली प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार ती महिलालाई असोज २१ गते स्वास फेर्न गाह्रो भएर अस्पतालमा भर्ना भएकी थिइन्। उनको असोज २२ गते कोरोना पोजेटिभ आएको थियो। उनी अस्पतालको आइसियुमा उपचारत रहेकी थिइन्।
यो सँगै कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।