काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमितमध्ये १७ हजार ६ सय ६६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ५ सय २१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार १ सय ८७, प्रदेश २ मा ५ सय ३४, लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, सुदूरपश्चिम प्रदेशमा ५ सय ७१, गण्डकी प्रदेशमा ५८० र कर्णाली प्रदेशमा ४२६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।