काठमाडौं- सरकारले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्ष पदम डा वशिष्ट प्रसाद रिजाललाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता एवम. परराष्ट्र मन्त्री प्रद्रीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
यस्तै मन्त्रिपरिषदले सिंहदरवार वैद्यखानाको अध्यक्ष पदमा डा बाबुराजा अमात्य, औषधि परामर्श परिषदमा प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई नियुक्त गरेको छ।