काठमाडौं- सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले मन्त्रिपरिषद्को शुक्रबार भएको बैठकले उनलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्र विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको निर्णय गरेको जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले डा रोका क्षेत्रीलाई अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो।