काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ७३ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ७३ लाख ९६ हजार २५४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७७ लाख ६१ हजार ६ सय ७३ पुगेको छ। त्यस्तै भारतमा ७० लाख ५३ हजार ८ सय ६, ब्राजिलमा ५० लाख ९४ हजार ९ सय ७९ र रुसमा १२ लाख ९१ हजार ६ सय ८७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ७५ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख ७५ सय ७ सय ७९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख १४ हजार ७ सय ६७, ब्राजिलमा १ लाख ५० हजार ४ सय ८८, मेक्सीकोमा ८३ हजार ७ सय ८१, बेलायतमा ४२ हजार ९ सय १५, इटालीमा ३६ हजार १ सय ६६ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ५९ लाख ९६ हजार २ सय ६४ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३० लाख ७५ हजार ७७, रुसमा १० लाख १६ हजार १ सय २० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ५ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ हजार २ सय ५२ जना संक्रमणमुक्त भएका छन् भने ६ सय १४जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७० लाख ५३ हजार ८ सय ६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ८ हजार ३ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६० लाख ७७ हजार ९ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १८ हजार ९ सय ३२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ७० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३ हजार ४ सय ५८ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार २ सय ६६ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ५ सय २४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ९२ हजार ८ सय ६० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ७ सय ९९ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार १ सय १४ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ८ सय ९४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३५ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ७ सय ४२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ४ हजार ७ सय ५२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय ७ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३०६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २८७ छ।