काठामाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला देवदह नगरपालीका वडा न १० निवासी ७९ वर्षीय पुरुषको सोमबार बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी असोज २० जते ज्वरो र स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका अनुसार उनको असोज १९ गते कोरोना पृष्टि भएको थियो। उनी दम र उच्च रक्तचाप बिरामी थिए।