समाचार

बिपी प्रतिष्ठानका २२ इन्टर्न डाक्टर र ४ नर्समा कोरोना संक्रमण

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २२ जना इन्टर्न गरिरहेका चिकित्सक र ४ जना स्टाफ नसलाई कोरोना संक्रमण देखिएको छ।

धेरै इन्टर्न चिकित्सकलाई कोरोना संक्रमण देखिन थालेपछि एक साताका लागि होस्टेल सिल गरिएको र उनीहरुको ड्युटी पनि एक साताका लागि स्थगित गरिएको छ।

प्रतिष्ठानको होस्टेलमा १७५ जना एमबिबिएस र बिडिएसका इन्टर्न गरिरहेका चिकित्सक बस्ने गरेको बताइएको छ। तीमध्ये २२ जनामा कोरोना संक्रमण भएको हो। २ जनालाई कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने अन्य संक्रमितलाई संक्रमण नभएकाहरुसँगै होस्टलमा राखिएको छ।

होस्टलमा रहेका एक इन्टर्नले भने,‘संक्रमित र संक्रमण नभएकालाई अलग्गै पनि राखिएको छैन। संक्रमण भए नभएका सबै एकै ठाउँमा राखिएको छ।’

उनले प्रतिष्ठानले आफुहरुलाई  ड्युटीमा खटाउँदा सुरक्षाका लागि  मास्क, ग्लोब्स नदिएकाले बिरामीबाटै आफुलाई कोरोना संक्रमण भएको बताए।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने