काठमाडौं- पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
पोर्चुगिज फुटबल फेडेरेसनले रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको हो।
३५ वर्षीय फुटबलर रोनाल्डोमा कुनै पनि लक्षण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको जानकारी फेडेरेसनले विज्ञप्तिमार्फत् जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।