काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–२ निवासी ५२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिष्ठानको अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार ती महिलाको बिहान ९ः३४ बजे उपचारका क्रममा मृत्यु भएको हो। उनी उच्च रक्तचापको बिरामी समेत थिइन्।
यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।