काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ।
मन्त्रालयले महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरेको छ। भट्टराईलाई जिम्मेवारी दिएपछि उक्त स्थानमा रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ।
महानिर्देशकको जिम्मेवारी पाएका भट्टराई २ महिना अघि ११औं तहमा बढुवा भएका थिए। बढुवा भएपछि उनको व्यवस्थापन हुन सकेको थिएन।