काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ। शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो।
सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन। यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ।
चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन्। उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ।