काठमाडौं– नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा प्राडा रोहित सैंजु निर्वाचित भएका छन्। पहिलो पटक अनलाइनमार्फत भएको चुनावबाट सोसाइटीको अध्यक्षतामा डा सैंजु निर्वाचित भएका हुन्। चुनावबाट डा सैंजुको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ।
उपाध्यक्षमा डा शल्मा केसी, महासचिवमा डा पुरुषोत्तम जोशी, सह सचिवमा डा कौशल पोख्रेल, कोषाध्यक्षमा डा भाइराजा श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा डा चाँदनी प्रधान, सदस्यहरुमा डा रोशिजा खनाल, डा तेजसु सिंह मल्ल, डा अनादी केसी, डा रविन्द्र सिंह ठकुरी र डा लिली राजवंशी चयन भएका छन्।
चुनावमा ९० प्रतिशतभन्दा बढी मतदाताहरु सहभागी भएका थिए।