काठमाडौं– देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार ३९ हजार ३ सय ४१ जना संक्रिय संक्रमित मध्य २६ हजार ४०८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १६ हजार ७ सय ६५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार १२०, प्रदेश २ मा ८१४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा ६९०, गण्डकी प्रदेशमा ९३० र कर्णाली प्रदेशमा ८०८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।