काठमाडौं–विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ९८ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ९८ लाख ७६ हजार ७ सय ६४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ८१ लाख ४८ हजार ३ सय ६८ पुगेको छ। त्यस्तै भारतमा ७४ लाख ९४ हजार ५ सय ५१, ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ र रुसमा १३ लाख ९० हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख १२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख १२ सय ४ सय २६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख १९ हजार ६ सय ६८, ब्राजिलमा १ लाख ५३ हजार ६ सय ७५, मेक्सीकोमा ८६ हजार ५९, बेलायतमा ४३ हजार ७ सय ३६, इटालीमा ३६ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ७४ लाख १३ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३२ लाख ३४ हजार १ सय ३८, रुसमा १० लाख ६५ हजार ६ सय ८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ३२ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने ७ सय ३९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७४ लाख ९४ हजार ५ सय ५१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको छ। भारतमा हालसम्म ६५ लाख ९७ हजार २ सय ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख २३ हजार १९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ७ हजार ६९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८८ हजार ५ सय ६९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ६० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ३ हजार ९ सय ९२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार २ सय पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९२ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ६ सय १४ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार २ सय १० जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार १ सय ६४ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार ५ सय ३८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ४ सय ३ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३२५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २९९ छ।