काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ९४ हजार ५ सय १ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ ५ रहेको छ।
मन्त्रालयका अनुसार १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ८ सय १८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। नेपालमा ४० हजार ७ सय ७८ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ७९८०
प्रदेश २– १५५९७
बाग्मती प्रदेशमा –४२२९७
गण्डकी प्रदेशमा –४८००
लुम्बिनी प्रदेशमा –१२०४०
कर्णाली प्रदेशमा –३८७६
सुदूरपश्चिम प्रदेशमा ७९११