काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ३ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ३ लाख ३३ हजार १ सय ४६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ८२ लाख १० हजार ८ सय ६७ पुगेको छ। त्यस्तै भारतमा ७५ लाख ५० हजार २ सय ७३, ब्राजिलमा ५२ लाख ५० हजार ७ सय २७ र रुसमा १४ लाख ६ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख १७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख १७ सय ४ सय ७० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख २० हजार ९५, ब्राजिलमा १ लाख ५४ हजार १ सय ७६, मेक्सीकोमा ८६ हजार ३ सय ३८, बेलायतमा ४३ हजार ८ सय १६, इटालीमा ३६ हजार ६ सय १६ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ७६ लाख २२ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३२ लाख ७२ हजार ६ सय ३, रुसमा १० लाख ७० हजार ९ सय २० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ३६ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् भने ७ सय ५७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७५ लाख ५० हजार २ सय ७३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६ सय १० पुगेको छ। भारतमा हालसम्म ६६ लाख ६३ हजार ६ सय ८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार ८४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ८ हजार २० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ९० हजार २ सय ६ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ५ हजार ५ सय ९९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार २ सय ८७ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ७ सय ६० जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार २ सय ३२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार २ सय १ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार ६ सय २५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ४ सय ४० रहेको छ।
भुटानमा संक्रमितको संख्या ३२७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३०१ छ।