काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शय्याका अस्पताल निर्माण गरी स्वास्थ्य संस्था र स्थानीय तहको नाम सार्वजनिक गरेको छ।
मन्त्रालयले २६४ वटा संस्था र स्थानीय तहको नामावली सार्वजनिक गरेको हो। अर्थ मन्त्रालयले भवन निर्माणका लागि रकम निकासा गरेपछि मन्त्रालयले सूची सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार ५ शय्याका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका लागि १ कोरोड बजेट निकासा गरिएको छ।
यी हुन् स्वास्थ्य संस्था र स्थानीय तहको नाम